Breaking News :

पर्साका पत्रकारलाई विन्दवासनी गाँउपालिकाले दियाे इम्युनिटि पावर बढाउने खानेकुरा र स्वास्थ सामग्री

पर्सा। कोरोना भाईरसको जोखिममा फ्रन्ट लाईनमा बसेर काम गर्ने पर्साका क्रियाशिल पत्रकारलाई आज ईम्युनिटि पावर बढाउने खाद्यन्न र स्वास्थ्य समाग्री बितरण गरिएको छ । विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ बाट बच्न भन्दै विन्दवासनी गाँउपालिकाले जिल्लामा कार्यरत ११० जना पत्रकारलाई केही स्वास्थ्य सुरक्षा सामाग्री र खानेकुरा वितरण गरेको हाे ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज शुक्रबार एक कार्यक्रमका बिच उपमेयर किरण देवी गुप्ताले सो समाग्री हस्तान्तरण गरेकि थिईन । सो अवसरमा बोल्दै उपमेयर गुप्ताले कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै न्युनतम ईम्युनिटि पावर बढाउने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वास्थ्य सामग्री उपलव्ध गराउने पालिकालाइ धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए । कार्यक्रममा पर्साका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

merokhabarsathi

Read Previous

पुरानो मेडिकल कलेजले साढे दुई करोड भाडा तिर्न बाँकी

Read Next

प्रचण्डको गृहजिल्लामा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *