Breaking News :

प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरूको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै काठमाडौंमा युवाहरूले प्रदर्शन गरेका छन्।

‘जय महाकाल’ लेखिएको टि-सर्ट लगाएका युवाहरूले ओलीलाई प्रधानमन्त्री पद बाट हटाउन नहुने  भन्दै प्रदर्शन गरेका हुन्।

अध्यक्ष लिलानाथ भण्डारीले ‘हामी सबै युवा मिलेर उहाँलाई प्रधानमन्त्रीमा टिकाऔं। कुनै कमजोरी होला त्यसलाई युवाले सुधारेर जानुपर्‍यो  उनले भने।

स्वतन्त्र रूपमा भेला भएको भनिएको उक्त प्रदर्शनमा युवाहरूले प्रधानमन्त्री ओलीका पक्षमा बोलेका थिए।

ओलीको सरकार ढालेर अर्कोलाई प्रधानमन्त्री बनाएर देशका समस्या समाधान नहुने ती युवाहरुले बताए।युवाहरूले सरकार ढाल्न पाइँदैन, हाम्रो समर्थन ओलीलाई छ। जस्ता नारा लगाउँदै प्रदर्शन पनि गरे।

उनीहरूले नेपालको नक्सा, झन्डा र केपी ओलीको फोटो समावेश भएको ब्यानरमा देशको मुहार हाम्रो भविष्य, हाम्रो सरकार लेखेर प्रदर्शन गरेका थिए।

merokhabarsathi

Read Previous

आजको राष्ट्रियसभाको बैठकबाट दुई विधेयक पारित

Read Next

साम्रागीले खोलिन अहिलेसम्म चुप लाग्नुको रहस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *