Breaking News :

लायन्स क्लव अफ मिलेनियम द्वारा वीरगंंज महानगरलाई भिटिएम किट प्रदान

पर्सा। वीरगंज महानगरको कोभिड १९ नियन्त्रण अभियानमा साथ दिंदै लायन्स क्लव अफ मिलेनियमले आज ४५ सय वटा भिटिएम किट प्रदान गरेको छ । लायन्स क्लवका निर्मल गुप्ता, केतन गुप्ता, विसाल पट्वारीको सहयोहमा क्लवले कोरोना परिक्षण किट बिरगंज महानगरका मेयर विजय सरावगी मार्फत नारायणी अस्पतालका मेसु मदन उपाध्यायलाइ हस्तान्तरण गरेको हो ।

सो अवसरमा सम्विधान सभाका सदस्य अनिल रुङ्टाले कोभिड १९ विरुद्ध महानगरको लंडाइमा ब्यापारी वर्ग साथ रहेको र ऐतिहासिक भुमिका निर्वाह गरिरहेको बताउनु भयो । वीरगंज महानगरमा कोरोना परिक्षणलाई तिब्रता दिइ जति सक्दो छिटो ग्रीन जोन बनाउनु पर्ने उहाँको भनाई थियो ।


कार्यक्रममा महानगरका मेयर सरावगीले वीरगंजका नागरिकले कोरोना महामारी विरुद्ध लड्न पुर्‍याइ रहेको साथ र सहयोगको खुलेर प्रसंसा गर्नु भयो । सो अवसरमा पत्रकार महासघ पर्सा अध्यक्ष श्याम बन्जाराले सन्क्रमण फैलिने डर यथावत रहेको भन्दै नियन्त्रण अभियानमा परिक्षण किटले ठुलो सहयोग पुर्‍याउने बताउनु भयो । अध्यक्ष बन्जाराले संक्रमितलाई समाजमा माया र सदभाव दिन आग्रह गर्नुभयो ।


लायन्स क्लव आफ मिलेनियमका अध्यक्षता सज्जनकुमार अग्रवाल सभापतित्वमा भएको कार्यक्रममा बैंकर्स अएएओसिएसनका अध्यक्ष रोशन श्रेष्ठ, डा.राम औतार खेतान, गुडि जोशी, सुनिल रुङ्टा, युवा अभियन्ता दिलिप राज कार्की लगायतको सहभागिता थियो ।

merokhabarsathi

Read Previous

पर्यटन मन्त्री भट्टराईले आफ्नै मन्त्रालयका विभिन्न शाखाहरुमा गरे छड्के निरीक्षण

Read Next

चितवनका १३ जनासहित २५ जनामा कोराना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *