Breaking News :

पर्यटन मन्त्री भट्टराईले आफ्नै मन्त्रालयका विभिन्न शाखाहरुमा गरे छड्के निरीक्षण

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्। मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा छड्के निरीक्षण गरेेका हुन्।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाईएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो सो बुझि कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। मन्त्री भट्टराईले कार्यालयको सरसफाई र कार्यालयको लेआउटमा ध्यान दिन समेत कर्मचारीहरुलाई आग्रह गरे ।

 

नेपाल सरकारको मन्त्री परिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएका छन्।

merokhabarsathi

Read Previous

सामाजिक दूरीलाई अवज्ञा गर्दै जनता समाजवादी पार्टीको शक्ति प्रदर्शन

Read Next

लायन्स क्लव अफ मिलेनियम द्वारा वीरगंंज महानगरलाई भिटिएम किट प्रदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *