Breaking News :

सामाजिक दूरीलाई अवज्ञा गर्दै जनता समाजवादी पार्टीको शक्ति प्रदर्शन

आरोहण शाहा, पर्सा-

सरकारले सदनमा पेस गरेको नागरिकता विधेयक फिर्ता लिन माग गर्दै जनता समाजवादी पार्टी पर्साले वीरगन्जमा शक्ति प्रदर्शन गरेको छ।

कार्यक्रममा नागरिकता विधेयकको फिर्ता गर्न वर्तमान सरकारविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए। वीरगन्ज महानगरपालिकाको आर्दशनगरबाट विरोध र्याली सुरु भई नगर परिक्रमा गर्दै घन्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।

सरकारले हालैमात्र ल्याएको नागरिकता विधेयक मधेसको हकमा नभएको भन्दै यसलाई तुरुन्त सच्याउन माग गरेका छन्।

नागरिकता विधेयक पारित भएमा भारतको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले भारतीय महिलासँग विवाह गरेमा त्यसको ७ वर्षपछि मात्र नेपाली नागरिकताको प्रमाणपत्र दिने प्रावधान राखिएको हुनाले त्यसको खारेजीको माग गर्दै पूर्ववर्ती व्यवस्थाका आधारमा नै नेपाली नागरिकता दिनुपर्ने माग जनता समाजवादी पार्टीले माग गरेको छ।

वर्षातको मौसम र कोभिड–१९ महामारीबीचमा पनि सामाजिक दूरीलाई अवज्ञा गर्दै ठूलो संख्यामा जनता, समाजवादी पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए। जिल्ला अध्यक्ष राजेशमान सिंहको नेतृत्वमा निकालिएको विरोध कार्यक्रममा सांसद, प्रदेशसभाका सदस्य, वीरगन्ज महानगरपालिका नगरप्रमुुख विजयकुमार सरावगीलगायत स्थानीय तहका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको छ।

merokhabarsathi

Read Previous

प्रचण्ड र प्रधानमन्त्री बिच राजीनामा काे कुरै आएकाे छैनः प्रवक्ता श्रेष्ठ

Read Next

पर्यटन मन्त्री भट्टराईले आफ्नै मन्त्रालयका विभिन्न शाखाहरुमा गरे छड्के निरीक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *