Breaking News :

काेराेना राेकथामकाे लागि प्रदेश र स्थानीय सरकारको आवश्यकता अनुसार रकम विनियोजन गर्न सरकारलाई निर्देशन

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले  काेेेेेेराेना भाइरस कोभिड -१९ को रोकथामका लागि प्रदेश र स्थानीय सरकारको सहकार्य, समन्वय र आवश्यकताको आधारमा रकम विनियोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टाईन र आईसोलेशन सेन्टरको व्यवस्थापन तथा अनुगमन गर्न र उपत्यका आउने जाने नागरिकको सन्दर्भमा विरामी, कर्मचारी र व्यवसायीलाई सरलीकृत गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको बताएका छन् ।

स्थानीय तहलाई संविधानले दिएको असाधारण प्रकृतिको अधिकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयोग भएको बताए । उनले भारतीय सीमासँग जोडिएका स्थानीय तहको भूमिका अझ बढी देखिएको बताए । सबैभन्दा पहिला सिमामा रहेका स्थानीय तहमा मानिसहरु आउने भएकाले उनीहरुले गरेको व्यवस्थापन कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण भएको मन्त्री त्रिपाठीले बताए ।

स्थानीय तहले बनाएका क्वारेन्टाइनको व्यवस्थापनाका लागि सरकारले पठाउने बजेट मन्त्रालयमार्फत नभई सिधै कोरोना कोषबाट निकासा भएको उनले जानकारी दिए ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले क्वारेन्टाइनको व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिएको र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको बताए ।  यस्तै पछिल्लो समय १० अर्ब कहाँ खर्च भयो भन्ने प्रश्न उठेको र त्यो रकम स्थानीय तहमा मात्र नभई प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयमा निकासा भई खर्च भएको जानकारी समेत गराए । बैठकमा सांसदहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले गरेको काम र तीन तहका सरकार बीचको समन्वयको बारेमा चासो राखेका थिए ।

merokhabarsathi

Read Previous

भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

प्रचण्ड र प्रधानमन्त्री बिच राजीनामा काे कुरै आएकाे छैनः प्रवक्ता श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *