Breaking News :

सुस्मिता हत्या प्रकरण: हत्यामा संलग्न चार जनालाई पक्राउ गरि सार्वजनिक

सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न चार जनालाई पक्राउ गरि आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ ।

मृतक केसीको हत्यामा उनकै ५८ वर्षिय ससुरा प्रकाश थापा, २३ बर्षीया कान्छि नन्द सीता थापा, ५० वर्षिय सासु तुलसा थापा र २७ वर्षिय जेठी नन्द दुर्गा थापा संलग्न रहेको मकवानपुर प्रहरीले बताएको छ ।

सुस्मितालाई आफ्नै घरको भान्सा कोठामा ससुरा, सासु र कान्छि नन्दले लाठि, लोरोलगायतले टाउकोमा हिर्काएर मारेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जेठी नन्द दुर्गा थापा भने त्यसदिन काठमाडौँ भएको प्रहरीले जनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ घर भएकी २६ वर्षकी थापा असार २ गते मृत अवस्थामा फेला परेकी थिईन् ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट सुस्मितालाई ससुरा प्रकाश थापाले केही दिन अघि बाथरुममा यौन दूव्र्यवहारको प्रयास समेत गरेको खुलेको छ ।

merokhabarsathi

Read Previous

आज असार १५ गते धान दिवस, रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदै

Read Next

भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *