Breaking News :

नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत २१ जनाले कोरोना जिते

वीरगञ्ज १४ असार :पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत तीन जना स्वास्थ्यकर्मी र तीन जना महिला गरि २१ जनाले कोरोना जितेका छन।

आइसोलेसनमा बसेको १४ दिनपछि दोश्रो रिपोर्ट नेगेटिभ आएकाले उनीहरूलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाकारी दिए।

संक्रमितमध्ये विन्दवासनी गाउँपालिकाका स्वास्थ्य प्रमुखसहित दुई जना स्वास्थ्यकर्मी र एक जना महिला कार्यालय सहयोगी गरि १० जनाले कोरानालाई जितेर घर फर्किएका छन्। पोखरीया नगरपालिकाका पाँच जना, पटेर्वासुगौली गाउँपालिकाका दुई जना, धोबनी गाउँपालिका, जिराभवानी गाउँपालिका, सुखवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका १/१ जना डिस्चार्ज भएका छन्। अब कोभिड अस्पतालमा ६ जना मात्रै उपचाररत छन्।

merokhabarsathi

Read Previous

लगातारको वर्षाले राैतहटमा जलमग्न

Read Next

पशुपतिको जग्गा निकै सस्तो मूल्यमा भाडामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *