Breaking News :

कोरोना संक्रमितको शव भरतपुरको कालीबहादुर गणले गर्याे व्यवस्थापन

भरतपुर अस्पताल चितवनमामा उपचारका क्रममा ज्यान गुमाएकाे कोरोना सङ्क्रमित पुरुषको शव व्यवस्थापन गरिएको छ । आज (शनिबार) बिहान मृत्यु भएका कैलाली गोदावरी नगरपालि–७ का ५० वर्षीय कोरोना संक्रमितको शव भरतरपुस्थित नेपालि सेनाकाे कालीबहादुर गणले व्यवस्थापन गरेकाे हाे । उनकाे शव देवघाट स्थित जगंलमा लगेर गाडिएको हाे।

असार १० गतेदेखि चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषको बिहीबार राती कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनलाई असार ११ गते राती १० बजे भरतपुर अस्पतालमा सारिएको थियो । श्वासप्रश्वासमा समस्या देखिदै गएपछि सघन कक्षमा सारिएको ती पुरुष फोक्सोको क्यान्सरका बिरामी थिए ।

यसअघि कोरोना संक्रमित चितवनका एक ६७ वर्षीय पुरुषको पनि भरतपुर अस्पतालमा जेठ २७ गते मृत्यु भएको थियो । उनको पनि कालीबहादुर गणको टोलीले नै शव व्यवस्थापन गरेको थियो ।

merokhabarsathi

Read Previous

चितवनमा कोरोना संक्रमितकाेे मृत्यु

Read Next

२४ जिल्लाका ७५ जना प्रहरीमा कोरोना संक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *