Breaking News :

चितवनमा कोरोना संक्रमितकाेे मृत्यु

फाइल फाेटाे

चितवनमा आज (शनिवार) एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो ।

उनि फोक्सोको क्यान्सरका विरामी थिए । चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेशन वार्ड बाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।

यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।

merokhabarsathi

Read Previous

चितवनमा एकैदिन १२ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

कोरोना संक्रमितको शव भरतपुरको कालीबहादुर गणले गर्याे व्यवस्थापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *