Breaking News :

चितवनमा एकैदिन १२ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा बिहीबार राती एकैदिन १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र १० पुरुष गरी चितवनका १२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा माडी नगरपालिकाका मात्रै ९ जना रहेका छन् । जसमध्ये १७ देखि ४९ वर्ष उमेर समूहका ९ जना पुरुष रहेका छन् ।

भरतपुर महानगरपालिका–१६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै पूर्वीचितवन रत्ननगर नगरपालिका–४ की २७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । योसंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । चितवनका कोरोना संक्रमित सबै क्वारेन्टिनमै बसिरहेका थिए । उनीहरुको क्वारेन्टिमै स्वाब संकलन गरिएको थियो ।

merokhabarsathi

Read Previous

अस्पतालमा सुतेकि विरामी महिलालाई चुम्बन गर्न खोजेको आरोपमा एकजना पक्राउ

Read Next

चितवनमा कोरोना संक्रमितकाेे मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *