Breaking News :

लकडाउनको समयलाई सदुपयोग गर्दै गरिमाटाेलका युवाहरुले पार्क निर्माण गर्दै

आर्थिक सहयोग आएमा बन्ने पार्कको डिपिआर

रविना पौडेल, चितवन।

लकडाउनको समयलाई सदुपयोग गर्दै चितवनका युवाहरुले पार्क निर्माण गर्न लागेका छन् ।  काेराेना संक्रमणको त्रासका कारण अधिकांश मान्छेहरु घरभित्रै बसे पनि भरतपुर-१६ का युवाहरुले लकडाउनलाई अवसरका रुपमा लिँदै वातावरण मैत्री पार्क (इकाे पार्क) निर्माण गर्न लागेकाे बताएका छन्। युवाहरूले तिहारमा देउसिभैलाे खेलेर जम्मा भएकाे पैसा र व्यक्तिगत लगानीमा गरिमा पार्क निर्माण गर्न लागेका हुन्।

लकडाउनकाे समय उपयोग गरि आफ्नाे गाउँ आफै बनाउभनेर खालिभएकाेे सार्वजनिक जमिनमा पार्क निर्माण गर्न लागिएको गरिमा पार्क निर्माण समितिका सचिव अरुण पाैडेलले बताउनुभयो। शिवघाट पहिले देखि नै पर्यटकिय स्थलकाे रुपमा चिनिने भएकाले त्यसमा पर्यटकलाई थप आकर्षण गर्न युवाहरु मिलेर पार्क निर्माण गर्न लागिएको पाैडेलले बताउनुभयाे।

निर्माण गर्न लागिएको पार्कको डिपिआर

३ कठ्ठामा २५ देखि ५० लाखको लगानीमा वातावरण मैत्रीपार्क बनाउन लागिएको इन्जिनियर याेगेश चापागाईंले
बताउनुभयो। स्थानीय स्थरबाट सहयोग आउन थालेमा त्यसलाई बढाएर ५० देखि ८० लाख सम्म काे लगानीमा पार्क निर्माण गर्ने चापागाईंले बताए। उनले पर्यटक अाकर्षककाे लागि फाउनटेन सहितको पार्क निर्माण गर्न लागिएको बताएका छन्।

युवाहरुले खालि समयकाे सदुपयोग गर्दै निर्माण गर्न लागेकाे पार्कले आन्तरिक पर्यटकलाई आकर्षण गर्नुकाे साथै स्थानीय ससाना व्यवसायीलाई समेत सहयाेग पुग्ने विश्वास लिइएकाे छ।

merokhabarsathi

Read Previous

खैरहनि नगरपालिकाका २ आयोजना विरुद्ध अख्तियारमा उजुरी

Read Next

मृत अवस्थामा आज एक नवजात शिशु भेटियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *