खैरहनि नगरपालिकाका २ आयोजना विरुद्ध अख्तियारमा उजुरी

चितवनको खैरहनि नगरपालिका ४ मा निमार्ण भईरहेको २ आयोजना विरुद्ध अख्तियारमा ऊजुरी दर्ता भएको छ । वडामा निर्माण भईरहेको वडा कार्यलय भवन र कंकालि नहर बिरुद्द आर्थिक अनियमितता र ढिलासुस्ति भएको भन्दै वडाकै एक युवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटाैँडामा उजुरी दर्ता दिएका हुन । कार्यलयको भवन तोकिएको समय भन्दा निकै पछाडी निर्माण सम्पन्न गर्दा पनि कमजोर कच्चा पदार्थ र टुक्रा ईट्ठा प्रयोग गरेर बिनाकुनै सुरक्षा निति नै काम गरेको बताएका छन् ।

 

भवन निर्माण गर्दा सडक र कार्यलय भवनको दुुरी मापदण्ड अनुसार नछोडि निर्माण गरिएको उनले बताए । त्यस्तै कार्यलयको तेश्रो तल्ला निर्माण गर्दा पनि खैरहनि नगरपालिकाकै ईन्जिनिएर र ठेगदारको मिलिमतोमा आर्थिक चलखेल भएको आरोप लगाईएको छ । समय अवधि भन्दा बढि समय लगाएर भवन निर्माण सम्पन्न गर्दा पनि जरिवना शुल्क नतिरेको र नलिएको आरोप वडा बिरुद्द लागेको हो ।

 

यता कंकाली कुलो निर्माणमा पनि अनियमितता भएको बताईको छ । कुलो निर्माणको लागी नगरपालिका बाट बिनियोजित भएको बजेट कुलोको मुल समितिले निर्माण समितिनै गठन नगरि पटक-पटक एउटै व्यक्ति विशेषलाई घटि-घटाउ कम रेट दर नगरिकन सिमित व्यक्तिहरुले नियम विपरित काम गरेको आरोप पनि लागेको छ । २ लाख रुपैँया संस्थालाई दिनेगरि सिमित ब्यक्तिका फाईदाको लागी कृषि सडकको नाममा सरकारी बजेटमा प्लटिङ गरिनुका साथै आवश्यक लाईनिङ नगरिकन बाटो निर्माण गरिएको भन्दै आवश्यक छानबिन सँगै दोषीलाई नियम अनुसारको कार्वाहीकाे माग गर्दै उजुरी दर्ता गरिएको हो ।

merokhabarsathi

Read Previous

चितवनमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

लकडाउनको समयलाई सदुपयोग गर्दै गरिमाटाेलका युवाहरुले पार्क निर्माण गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *