Breaking News :

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिनेछ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पमकल दाहाल (प्रचण्ड)ले विभिन्न कालखण्डमा नेपालको राजतन्त्रले गुमाएको देशको भूमि गणतन्त्रले फिर्ता लिने अभियान सुरु भएको बताएका छन् ।

शनिबार निशान छाप संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै दाहालले भने, ‘नयाँ नक्सा भौगोलिक अखण्डताको विषय हो। राजतन्त्रले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्याउन लागेको छ। निर्णयमा सर्वसहमित हुने विश्वास गर्दछु। राष्टिय एकताको पक्षमा उभिएको मा धन्यवाद दिन चाहन्छु।’

उनले ती भूभाग लिने, त्यसको दावी प्रस्तुत गर्ने र भारतसँग राजनीतिक तथा कुटनीतिक तहमा वार्ता गरेर सदाका निम्ति समाधान गर्ने संकल्पको चरणमा आफूहरु आएको प्रष्ट पारे ।

कालापानी, सुस्ता क्षेत्र विवादमा छ भन्ने कुरा भारत सरकारले बारम्बार स्वीकार गरेको उनले स्मरण गराए । गत नोभेम्बरमा भारतले आफ्नो नयाँ नक्सा प्रकाशित गरेको सन्दर्भ कोट्याउँदै उनले भने, ‘कश्मीर मुद्दामा लामो समयदेखि रहेको आफ्नो आन्तरिक समस्या समाधान गर्ने उपायका रुपमा नयाँ नक्सा प्रकाशित गरेको थियो, भारतको चाहना नेपाललाई जिस्क्याउनु थिएन होला ।’

भारतले आफ्नो ढंगले नयाँ नक्सा प्रकाशित गर्नु र विवाद छ भनेको भूमिलाई आफ्नो नक्सामा प्रकाशित गर्नु प्रकारान्तरले हामी सबैलाई झक्झक्याएको उनको भनाइ थियो ।

 

merokhabarsathi

Read Previous

मधेसी जनताको राष्ट्रियताप्रति सधैँ शंका गरिएको भन्दै राजपा नेता महताेकाे आपत्ति

Read Next

चितवनमा मलको अभाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *