Breaking News :

मधेसी जनताको राष्ट्रियताप्रति सधैँ शंका गरिएको भन्दै राजपा नेता महताेकाे आपत्ति

राजपाका सांसद राजेन्द्र महतोले मधेसी जनताको राष्ट्रियताप्रति सधैँ शंका गरिएको भन्दै आपत्ति जनाएका छन्।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदैै महतोले मधेसी जनता सीमा रक्षा गरेर बसे पनि उनीहरुको निष्ठामाथि प्रश्न उठाइएको उल्लेख गरे। उनले नेपालको भूमि रक्षा गर्ने विषयमा आफ्नो पार्टी तयार रहेको उल्लेख गरेका छन्।

महताले भने संसदमा भने, ‘मधेसीलाई राष्ट्रद्रोही भन्ने? मेधसी सीमा रक्षक हो। हामीलाई देख्ने वित्तिकै राष्ट्रघाती भन्ने दिन गए। देशको सीमा बनाउन मधेसीले भूमिका खेल्छ।’

त्यस्तै महताेले भने, ‘देश कसले बेच्यो? स्वतपत्र जारी गरौँ। ५८ वर्ष अघि बेचिएको हो।’

उनले अतिक्रमति भूमि फिर्ता ल्याउन सरकारलाई सुझाव पनि दिए। नक्सा संशोधन मात्र पर्याप्त नहुने भन्दै महतोले ठोस वार्ताका लागि पहल गर्न आग्रह गरे।

merokhabarsathi

Read Previous

सरिता गिरीको संशोधन अस्वीकृत, बैठक छाडेर हिँडिन्

Read Next

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिनेछ : प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *