Breaking News :

सरिता गिरीको संशोधन अस्वीकृत, बैठक छाडेर हिँडिन्

संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् ।

संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सत्तापक्षका सांसदले होहल्ला गरेपछि सभामुख सापकोटोले संशोधन प्रस्ताव प्रक्रिया नपुगेकाले अस्वीकृत गरेको जानकारी गराउँदै बोल्न समय नदिइएको बताए ।

सभामुख सापकोटाले सुरुमा सरिता गिरीलाई छोटोमा कुरा राख्न भनेका थिए । तर होहल्ला भएपछि रुलिङ गरेका हुन् । त्यसपछि गिरी संसद भवन बाहिर निस्किएकी छन् ।

merokhabarsathi

Read Previous

हिसां प्रभावित महिलाहरु समाजमा नेतृत्व गर्नका लागी तयार

Read Next

मधेसी जनताको राष्ट्रियताप्रति सधैँ शंका गरिएको भन्दै राजपा नेता महताेकाे आपत्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *