Breaking News :

धुर्मुसलाई क्यान बाग्मती प्रदेश कोषाध्यक्षकाे खुल्ला पत्र

“सर्वरुपि ”“धर्मुस उर्फ सिताराम कट्टेलजी ”

चितवनमा निर्माण भईरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि संचालन गरिएको धन धान्यान्चल महायज्ञको हिजो भएको रकम हस्तान्तरण पछि तपाईले त केही सन्तोषको श्वास फेर्नु भएको होला तर मेरो मनमा उब्जिएका थुप्रै प्रश्न अमुल्यरहित भएपछि तपाईलाई खुल्ला पत्र लेखेको छु । हिजो मैले सामाजिक सञ्जालमा आफ्ना केही बिचार राखेपछि तपाईले मलाई ११ पटक फोन गर्दा पनि उठाउन सक्ने धैर्यता नभएर र सोहि विषयमा चितवनका विभिन्न नेतागण र अभियान्ताहरुसँग मेरो पनि छलफल भएको छ । तपाईसँग अब वर्ता गर्ने मेरो ईच्छा अब सामाजिक सञ्जालमा र अन्य मन्चहरुमा मात्र हुनेछ । तपाई जस्तै नेपाली क्रिकेटलाई माया गर्ने एक अभियान्ता भएको कारणले र सो निर्माण अभियानलाई नजिकैबाट सबैलाई समेटेर अघि बढेको पात्र हुनाले विशुद्ध क्रिकेटको प्राबिधिक कुराहरुमा र निर्माण अभियानमा तपाईले ध्यान दिन नसकेको केहि पक्षहरुमा चित्तबुझ्दो जवाफ आएमा तपाईको तर्क र भावनाको सम्मान गर्दै अधि बढ्नेछु । नत्र आफ्नो दैनिक जिवन सामान्यापन गर्दै अघि बढ्नेछु । सबैभन्दा पहिला नेपालका एकमात्र क्युरेटर कोमल पाण्डे तपाईको योजनाबाट अपमानित तरिकाले बर्हिगमनको बारेमा शुरु गर्नेछु । नेपाली कला क्षेत्र र हास्य ब्यङग्यमा मदनकृष्ण र हरिवंश जति सम्मानित छन नेपाली क्रिकेटका भिष्म पितामह हुन क्युरेटर कोमल पाण्डे । क्रिकेट रंगशाला निर्माणको सुरुवाती चरणहरुमा धुलो माटो केहीको प्रवाह नगरी आफ्नो आँखाको समेत प्रवाह नगरी काममा खटिएर आँखाको अप्रेसन गरेका कोमल राज पाण्डेलाइ तपाईंले अपमानित तरिकाले दुव्र्यवहार गर्दै काठमाडौ फिर्ता पठाउने बित्तिकै भएको अनियमितताको पराकाष्ठ क्रमश बुदागत रूपमा प्रस्तुत गरेको छु यसको जवाफ तपाइँले नेपाली जनतालाइ दिनुपर्छ।

१) संसारकै उत्कृष्ट रंगशाला र पिच निर्माण गर्ने उमेर ले साथ नदिएमा चितवनमै देह त्याग गर्छु भनेर कान्तिपुर पत्रीकामा समेत छाउनु भएका त्रि.वि प्राध्यापक र क्युरेयर कोमल पाण्डे जो त्यस मैदानको प्राविधिक हुनुभयो उहाँलाइ अपमानित तरिकाले किन काठमाडौ पठाउनु भयो?

२) ICC को Ground consultant को रुपमा तपाइँले प्रचार गर्नुभएको श्रीलंका को बर्नापुरा बन्डुलामा कति दिन नेपाल बस्नु भयो? संसारकै कुन क्रिकेट मैदानमा Ground consultant हुने देशमा मैदान पिच नभइकन मैदान T पिच निर्माण भएको छ?

३) ICC को कुनैपनी प्रबिधिलाइ प्रयोग गर्दा त्यस देश मा सुचना र अनुमती लिनको लागि नेपाल क्रिकेट संघलाई के कति पत्र र छलफल गर्नुभएको छ ?

४) नेपालको पुर्ब कप्तान राजु खड्काको संयोजत्वमा बनेको जिल्ला स्तरीय सहयोग समिति कहाँ छ?

५) सधै पैसा पुगेन भनेर हल्ला गर्ने तपाईंले यस परियोजना को शुभारम्म्भ भएको दिनमै ३ करोड को  सहयोग को घोषणा गरेको ACE TRAVELS को पैसा किन आएन?किन तपाईं कानुनी उपचारमा लाग्नु हुन्न? प्रधानमन्त्री देखि देशको सिर्स नेताहरु उपस्थित भएको बेलामा सम्पुर्ण नेपाली जनता को अगाडी घोषणा गरेको उक्त रकम कहाँ गयो?

६) भरतपुर महानगरपालिका सङ्ग सम्झौता गर्दा धुर्मुस सुन्तली फाउन्डेसन सङ्ग ६० करोड छ भनेर मेयर उपमेयर र महानगरपालिका लाई किन झुकाउनुभयो?

७)देश कै भविष्य र क्रिकेट सङ्ग जोडिएको यस रंगशाला निर्माण र प्राविधिक सहयोग को लागि नेपाल क्रिकेट संघसङ्ग औपचारिक छलफल र पत्राचार नगरीकन के तपाईंले यो रंगशाला निर्माण र व्यवस्थापन गर्न सक्नु हुन्छ?

८) सरकारि रकम र अनुदान तपाईंको फाउन्डेसनले लिन नमिल्ने नेपाली ऎन र नियमको अडचन लाई तपाईंले कसरी समाधान गर्नु हुन्छ?

यी प्रश्नहरुको सिधा उतर तपाईं मलाइ र नेपाली जनता लाइ विभिन्न माध्यमबाट दिनसक्नु हुन्छ? मलाई फाेन नगर्नुहुन अनुराेध छ।

अनिल अधिकारी 

नेपाल क्रिकेट संघ (क्यान) बाग्मती प्रदेश कोषाध्यक्ष

merokhabarsathi

Read Previous

कोरोना संक्रमणका कारण मृत्यु भएका चितवनका  ६८ वर्षीय पुरुषको शव सेनाले उठायो

Read Next

चितवनका कोरोनाबाट मृत्यु भएका वृद्धको यसरी गरियो अन्त्येष्टि (फोटोफिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *