Breaking News :

पुस्तकको सम्पूर्ण सिण्डिकेट खारेज हुनुपर्छ:- ने वि संघ उप-सभापति अधिकारी

नेपाल विद्यार्थी सघंले पुस्तकमा लगाएकाे सिण्डिकेट हटाउन माग गरेकाे छ। ने. वि सघं चितवनका उप-सभापति अनमाेल अधिकारीले पुस्तकमा हुने सिण्डिकेट खारेजीकाे माग गरेका हुन् ।

किताबमा लगाइएकाे करले शिक्षक, विद्यार्थी मात्रै नभएर पढ्ने जमात नै दुःखी भएको बताएका छन् । हाल काेराेनाले विश्व त्रसित बनाइरहेकाे बेलामा सबैकाे आर्थिक अवस्था कमजोर भएकाे भन्दै पुस्तकमा केही मात्रामा भएपनि सहुलियत दिन माग गर्नुभएकाे छ। “चितवनकाे पुस्तक व्यवसायीहरुले विगत ३ वर्ष देखि पुस्तकमा छुट नदिएकाे र छुट दिनिलाई पनि कारबाही गर्ने गरेकाे याे अव्यवहारिक कार्य हाे।´´ यसकाे जिम्मेवार पुस्तक व्यवसायी सघं रहेकाे भन्दै उनले पुस्तकमा नितिगत रुपमा भ्रष्टाचार भएकाे उनले बताएका छन्। “केही निजि शैक्षिक सस्थांले मनाेमानि रुपमा आफैले पुस्तकहरु प्रकाशन गरेर पढाइरहेका छन्। जुन प्रक्रिया अनुरुपको छैन। यस्ता विषय आफुहरुलाई कदापि मान्य नभएको अधिकारीकाे भनाइ छ।

लाखौं विद्यार्थीकाे भविष्य जाेडिएकाे ज्ञानकाे विषयमा पनि कसैले सिण्डिकेट लाउछ भने आफु र आफ्नाे सगंठनलाई मान्य नहुने उनले भन्दै उनले पुस्तकमा लगाएको सिण्डिकेट नहटाए कडा रुपमा उत्रने चेतावनी दिएका छन्।

merokhabarsathi

Read Previous

विदेशबाट नेपाल फर्कन चाहने सबैलाई ल्याउन कांग्रेसको माग

Read Next

लियो क्लब अफ काठमाडौँ मातृभूमिकाे अध्यक्षमा दिवश

Leave a Reply

Your email address will not be published. Required fields are marked *