Breaking News :

विदेशबाट नेपाल फर्कन चाहने सबैलाई ल्याउन कांग्रेसको माग

नेपाली कांग्रेसले कोरोना भाइरस कोभिड-१९ का कारण घर र्फकन चाहने सबैलाई आफ्नो देश नेपाल ल्याउन सरकारसँग माग गरेको छ ।

कांग्रेसको नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुको आफ्नो घर र्फकन पाउने अधिकार छ । तसर्थ संख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ ।’

विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने भट्टराईले बताएका छन् ।

उनले विदेशबाट ल्याइएका सबैको पीसीआर विधिबाट परिक्षण गर्न र मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न माग गरेका छन् ।

merokhabarsathi

Read Previous

काेराेना अस्पताल चाेरी प्रकरण; कर्मचारीविरूद्ध उजुरी हाल्दै कांग्रेसका प्रतिनिधि

Read Next

पुस्तकको सम्पूर्ण सिण्डिकेट खारेज हुनुपर्छ:- ने वि संघ उप-सभापति अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *