Breaking News :

प्रदेश २ सरकार ‘भिजनलेस’ भएको प्रतिपक्षी दलको आरोप

प्रदेश नम्बर २ को सरकार भिजन लेस भएको आरोप प्रतिपक्षी दलहरुले लगाएका छन् । लामो समयदेखि स्थगित गरिएको प्रदेशसभाको चौथो अधिवेशनको पहिलो सत्रमा प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले  प्रदेश सरकार भाषणमा मात्रै सिमित रहेको आरोप लगाउँदै जनताको हितमा केहि गर्न नसकेको भिजन लेस आरोप लगाएका हुन् ।

नेता मण्डलले कोरोना विरुद्धको लडाईमा प्रदेश सरकार सर्वसम्मति रुपमा जानुपर्नेमा एक्लै मनोमानी ढंगले सबै निर्णय गरेर अघि बढिरहेको समेत आरोप लगाए । उनले सरकारले समयानुकूल नीति अवलम्बन गर्न नसक्दा प्रदेशका जनता कोरोनाभन्दा पनि भोकमरीले जोखिममा पर्ने सम्भावना बढिरहेको बताए ।

 

merokhabarsathi

Read Previous

काखे छोरी माइतीमा छाडेर भरतपुर कोरोना अस्पतालको नेतृत्व गर्दै डा शान्ति

Read Next

मानव-जनावर द्वन्द्वमा मानिसले देखाएको क्रुरताको पराकाष्ठा

Leave a Reply

Your email address will not be published. Required fields are marked *