Breaking News :

गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यमा ध्यान दिन सांसद रावलकाे सरकारलाई आग्रह

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले गर्भवती तथा सुत्केरी महिलाको सुरक्षामा विशेष ध्यान दिन माग गर्नुभएको छ । राष्ट्रिय सभाको आज (मंगलवार)को बैठकको विशेष समयमा बोल्दै सांसद रावलले लकडाउनको अवधिका सुत्केरी र गर्भवती महिलाहरुको मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

रावलले लकडाउनको अवधिमा ५८ जना सुत्केरी र गर्भवती महिलाहरुको मृत्यु भएको तथ्यांक प्रस्तुत गर्दै गर्भवती तथा सुत्केरी महिला भयरहित ढंगले स्वास्थ्य संस्थामा जान सक्ने र उपचार लिन सक्ने स्थिति निर्माण गर्न ध्यानाकर्षण गराएका छन् ।

झण्डै २ महिनादेखि जारी लकडाउनको समयमा घरेलु हिंसा, बलात्कारका घटनाहरु बढिरहेको र यसको न्यूनीकरणका लागि सरकारले निर्देशिका बनाएर अगाडि बढ्न आग्रह गर्नुुुभएको छ।

 

 

merokhabarsathi

Read Previous

नेपाल पत्रकार महासंघ पर्सा शाखाको आज देखि साताव्यापी आन्दोलन सुरु

Read Next

भैरहवा नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *