Breaking News :

नेपाल पत्रकार महासंघ पर्सा शाखाको आज देखि साताव्यापी आन्दोलन सुरु

वीरगञ्ज २० जेठ : नेपाल पत्रकार महासंघ पर्सा शाखाको आज देखि साताव्यापी आन्दोलन सुरु भएको छ । हिजो सोमवार महासंघ पर्सा कार्यसमितिको बैठकले सञ्चारकर्मी माथी भएको दुव्यवहारको घटनामा दोषी प्रहरीलाई कार्वाही नगरेकाले थप आन्दोलनको कार्यक्रम घोषण गरेको थियो ।

आज विहानै देखि पत्रकारसंग दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाही गर’ नारा सहितको प्लेकार्ड बोकि पत्रकारहरु आ आफनो संचारगृहमा प्रदर्शन गरिरहका छन । प्रहरी विरुद्ध आ–आफ्नो सञ्चारसंस्थाबाट विरोधका नारा सहितको प्लेकार्ड राखी प्रदर्शन गरि रहेका छन । भाली पनि यहि नारा सहितको प्लेकार्ड बोकी प्रदर्शन गर्ने छन ।

पत्रकारसंग दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाही गर’ जेठ २२ र २३ गते ‘लक डाउनको नाममा प्रहरी दमन बन्द गर’ २४ र २५ गते ‘प्रहरी मेरो साथी नारामा मात्र हैन् व्यवहारमा पनी लागु गर’ त्यसैगरी २६ गते आ–आफ्नो हातमा कालोपट्टी बाधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको कार्यबाहक अध्यष तिवारीले बताए ।

महासंघले प्रहरीको ज्यादतीले विभिन्न पेशाकर्मी संघ संगठन समेत पिडित बनेकाले प्रहरीको अलोकतान्त्रिक कृयाकलाप निरुतसाहित गर्न छलफल तथा खबरदारी गर्ने निर्णय गरेको कार्यबाहक अध्यष तिवारीले जानकारी दिनुभयो ।

merokhabarsathi

Read Previous

समाचारकाे प्रभावले पत्रकारलाई दिएकाे खुसि

Read Next

गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यमा ध्यान दिन सांसद रावलकाे सरकारलाई आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *