Breaking News :

लकडाउनमा रमाएका पशुपंक्षि

रुखका हाँगाहरुमा हरियो पालुवा पलाइरहेका छन् । चिरबिरचिरबिर चराका अावजहरु गुन्जिरहेकाे छ। त्यसलाई क्यामरामा दुरुस्तै उतारिएको छ ।

रुकुमका विनय रावल जंगली जनावर र चराचुरुङ्गीको फाेटाेग्राफीको सिलसिलामा चितवन आए आएकाे केही समय हुन नपाउदै लकडाउन भयाे।  “लकडाउन भएकाले बाहिर निस्कने कुरै भएन फाेटाग्राफीका सौकिन उनी लकडाउन भएनी बसेकै कोठाको ठाउँ वरपरको फोटो खिचेर दिन बिताउन थाले तर लकडाउन लम्बिदै गएपछि उनि आफ्नाे लक्ष्य बमोजिम नै चितवन राष्ट्रिय निकुञ्ज गए। र उनी अहिले निकुञ्जमा नै आफ्ना दिनहरु बिताइरहेका छन्। उनिभन्छन् कोरोना भाइरस काेभिड-१९ काे महामारीकाे कारण मानिसहरुकाे जीवन अस्तव्यस्त छ । तर, जङ्गलमा बस्ने जिवजनावर र पशुपक्षीहरुलाई भने कोरोनाले खासै फरक पारेको छैन  । पहिला पहिला गाडी र पर्यटकको हल्लाखल्लाले जनावरहरूसमेत भाग्ने, डराएजस्तो गर्ने गर्थे । तर आज भोलीभने उनिहरु रमाइरहेको मात्र देख्नपाइन्छ, र फोटोखिच्न पनि सजिलो भएको छ।

फाेटाेग्राफर विनय रावल

सरकारले देशव्यापि लकडाउन गरेर मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरेपनि जगंलमा रहने जीव-जनावरहरु भने प्रकृति सङ र हरियाली सङ रमाइरहेका छन्। मयूरहरुको नाच, हरिण र मृगहरुको दौड, एकसिङे गैंडा, विश्वकै दुर्लभ घोडियाल गोही, निकुञ्जको सिमसार क्षेत्रमा पाइने चराहरू आफ्नै गति र आफ्नै चालामा रमाइरहेका छन्। यसलाई देख्दा मननै आनन्द हुन्छ।  काेराेना विर्साउने अचुक औषधि भनेकाे नै प्रकृति, जनावर र चराहरु नै हो। निकुञ्ज घुम्दा र जीव जनावर देख्दा कोरोनाको त्रास एकैछिन भए पनि भुलिन्छ । आनन्दकाे अनुभुती हुन्छ। रावल भन्छन् उनिहरुलाई हेर्दाहेर्दै दिनबितेकाे पत्तै हुदैन। र बाहिरि कुरा साेच्ने समय मिल्दैन।

हेरौ विनय रावलले कैद गरेका केहि तस्बिरहरु 

 

merokhabarsathi

Read Previous

चट्याङ लागेर दुईको मृत्यु

Read Next

समाचारकाे प्रभावले पत्रकारलाई दिएकाे खुसि

Leave a Reply

Your email address will not be published. Required fields are marked *