Breaking News :

चट्याङ लागेर दुईको मृत्यु

धनुषा र महोत्तरीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान करिव ९ बजेको समयमा  चट्याङ लागेर धनुषाको मिथिला नगरपालिका वडा नम्बर-७ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्लेको मृत्यु भएको छ । काफ्ले घाँसदाउरा ल्याउन जंगल गएको बेलामा चट्याङ खसेको बताइएको छ।

उता,महोत्तरीमा समेत भैंसी चराउन गएको बेला महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर-१ का ५५ वर्षीय इन्दल यादवको पनि बिहान बिहानै चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीले जानकारी दिएका छन् ।

merokhabarsathi

Read Previous

२१ गते बाट भर्ना नगर्न ४ विद्यार्थी संगठनको चेतावनी

Read Next

लकडाउनमा रमाएका पशुपंक्षि

Leave a Reply

Your email address will not be published. Required fields are marked *