Breaking News :

२१ गते बाट भर्ना नगर्न ४ विद्यार्थी संगठनको चेतावनी

निजि विद्यालयहरुले २१ गतेदेखि भर्ना लिइ पठनपाठन सुरु गर्ने भन्ने विषय प्रती ४ विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेपाल विद्यार्थी संघ( ने बि संघ), समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र अखिल (क्रान्तिकारी) ले ध्यानाकर्षण जनाएका हुन्।

कोरोनाको त्रास विच पनि विद्यालय खोलेर विद्यार्थीको जिवनलाइ प्रयोगशाला बनाउन खोजिएको उनिहरुको आरोप छ। निजि विद्यालयहरुले विद्यालय खोलेर विद्यार्थीहरु सङ पैसा असुल्ने कार्य अघि बढाए कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।

विद्यार्थी संघसंगठनहरुले सरकारले शिक्षा सम्बन्धिको व्यवस्थालाई समेत लत्याउदै गैरजिम्मेवार तरिकाले बजेट ल्याएको बताएका छन्। शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न पर्ने विद्यार्थी आन्दोलनको माग विपरीत सरकार ११ प्रतिशत मात्र बजेट विनियोजन गरेको मा विद्यार्थी संघसंगठनले आपत्ति जनाएको छ। भने शिक्षा क्षेत्रमा तत्काल बजेट थप गर्न उनीहरुको माग छ।

merokhabarsathi

Read Previous

५ महिनाकाे गर्भवती महिलाले ३ दिनमै काेराेनालाई जितिन्

Read Next

चट्याङ लागेर दुईको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *