Breaking News :

५ महिनाकाे गर्भवती महिलाले ३ दिनमै काेराेनालाई जितिन्

हेटौंडा घर भएकी २५ वर्षीया गर्भवती महिलाले ३ दिनमै काेराेनालाई जितेकि छिन्। चितवनको भरतपुर अस्पतालमा उपचार गराएकी कोरोना संक्रमित गर्भवती महिला अाज डिस्चार्ज भएकी छन् ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुई पटकसम्म गरिएको आरटी पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १ की ती महिला पाँच महिनाकी गर्भवती छिन् । उनलाई अस्पतालले एक कार्यक्रमगरी विदाई गरेको छ ।

जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ती महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई भरतपुर अस्पतालमा ल्याएर उपचार गरिएको थियो । उनी र उनका श्रीमान चितवनमै रोजगारी गर्छन् ।

merokhabarsathi

Read Previous

क्वारेन्टिनमै जन्मियो बच्चा

Read Next

२१ गते बाट भर्ना नगर्न ४ विद्यार्थी संगठनको चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *