Breaking News :

स्वास्थ्य सामग्रीको अभाव हुन नदिने भन्दै सांसद महतद्धारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

पछिल्लो समय कोरोनाको माहामारीले त्रास फैलाएको र संक्रमितको संख्या बढ्दै गएको भन्दै स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिन भन्दै संघिय सांसद एवम् नेकपाका केन्द्रिय सदस्य तिलक महतले शनिवार नवलपुरको एक मात्र जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नुभएको छ । सांसद महतले आफ्नै पहलमा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य समाग्रीहरु ल्याएर आज मध्यविन्दु जिल्ला अस्पताललाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।

सांसद महतकै पहलमा जिल्ला अस्पतालको रुपमा स्थापित मध्यविन्दु अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै जान सक्ने भन्दै स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिन मास्क , सेनिटाइजर, पिपिइ, ज्वरो नाप्ने यन्त्र लगायतका करीव दुइ लाख बरावरको सामग्री जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद आचार्यलाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा सांसद महतले नवलपुर जिल्ला भारतसँग जोडिएको कारणले संक्रमितको संख्या बढ्न सक्ने भन्दै आगामी दिनमा कोरोना सँग सम्बन्धित स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो । यसैगरी सांसद महतले प्रदेश सरकारको पहलमा बनेको ५० सैयाको अस्पतालको निर्माण कार्यको बारेमा बोल्दै अवको एक वर्ष भित्रमा नयाँ भवनमा विरामीहरुलाई राखेर उपचार गर्ने गरी लागिपरेको पनि बताउनुभयो ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

मध्यविन्दु अस्पताललाई राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले दियाे स्वाब संकलन बुथ

Read Next

जनकपुरको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार

Leave a Reply

Your email address will not be published. Required fields are marked *