Breaking News :

मध्यविन्दु अस्पताललाई राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले दियाे स्वाब संकलन बुथ

कावासोती । राष्ट्रिय युवा संघ नेपाल नवलपुर र अनेरास्ववियु नवलपुरद्वारा नवलपुरको एकमात्र जिल्ला अस्पताल मध्यविन्दु अस्पताललाई कोरोना परिक्षणको नमूना संकलन गर्नका लागि स्वाब संकलन बुथ हस्तान्तरण गरेको छ । शनिबार मध्यविन्दु जिल्ला अस्पताल डन्डाको परिसरमा संघीय सांसद एवं नेकपाका केन्द्रिय सदस्य तिलक महतले अस्पतालका अध्यक्ष डा गोपाल खनाललाई बुथ हस्तान्तरण गर्नुभएको हो ।

कोरोना संक्रमितको संख्या बढे सँगै विभिन्न स्वास्थ्य केन्द्रहरुमा आरडिटि परिक्षण र स्वाब संकलनको दर पनि बढदै गएको र जसले गर्दा स्वास्थ्यकर्मी पनि जोखिममा पर्न सक्ने भन्दै जोखिम न्यूनीकरणका लागि राष्ट्रिय युवा संघ नेपाल नवलपुर र अनेरास्ववियु नवलपुरले ६५ हजारको लागतमा बुथ निर्माण गरि जिल्ला अस्पताललाई हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ नेपाल नवलपुरका अध्यक्ष कृष्ण कंडेलले बताउनुभयो । स्वाब संकलन बुथ हस्तान्तरण गर्दै सांसद महतले युवा संघ र अनेरास्ववियुले विपतको समयमा अग्रस्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरि समाजमा रचनात्मक कार्य गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

सांसद महतले पार्टीका भातृ संस्थाका रुपमा रहेको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु लाई यो विपतको समयमा विभिन्न सचेतना कार्यक्रममा लाग्न निर्देशन दिदै हरेक सवै जनतालाई सहयोग गर्न सुझाव दिनुभयो ।

अनेरास्ववियुका अध्यक्ष ठाकुर पराजुलीको सहजीकरण र राष्ट्रिय युवा संघ नेपाल नवलपुरका अध्यक्ष कृष्ण कंडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा का नवलपुर सह इन्चार्ज किसन गैरे , जिल्ला सचिव मित्रसरण शर्मा विहानी , पार्टीका जिल्ला सदस्यहरु एवं राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य मदन गिरी , राष्ट्रिय युवा संघ नेपाल नवलपुरका जिल्ला नेताहरु , अस्पताल विकास समितिका अध्यक्ष डा. गोपाल खनाल, जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद आचार्य , अस्पतालका मेडिकल सुपरीन्टेन्डन् लगायत अन्य चिकित्सकहरुको सहभागितामा रहेको थियो ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

वीरगंजकाे कोरोना संक्रमित २ पत्रकारको पहिलो पिसिआर रिपोर्ट नेगेटिभ

Read Next

स्वास्थ्य सामग्रीको अभाव हुन नदिने भन्दै सांसद महतद्धारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *