वीरगंजकाे कोरोना संक्रमित २ पत्रकारको पहिलो पिसिआर रिपोर्ट नेगेटिभ

आराेहण शाह, वीरगंज-

वीरगंजको नारायणी अस्पतालको आइसोलेसनमा उपचारत २ जना कोरोना संक्रमित पत्रकारको पहिलो पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालमा राखिए पछि गरिएको पहिलो परिक्षण नेगेटिभ आएको नारायणी अस्पतालका मे.सु डा मदन कुमार उपाध्यायले जानकारी दिनुभयो ।  “२ जना पत्रकारको पहिलो पिसिआर रिपोर्ट नगेटिभ आएको छ । दुुुवैै पत्रकारको फेरी ३ दिन पछि पिसिआर परिक्षण गरिने छ। र दोस्रो पटक पनि रिपोर्ट पनि नगेटिभ आए डिस्चार्ज गरिने छ मे.सु डा उपाध्यायले बताए ।´´

आज शनिबार अस्पतालको आइसोलेसनमा उपचारत रहेका ९ जनाले काेराेना जितेर आफ्नो घर जाने भएका छन् ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

काेराेना जितेर घर फर्कदै नारायणी अस्पतालका ९ जना संक्रमित

Read Next

मध्यविन्दु अस्पताललाई राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले दियाे स्वाब संकलन बुथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *