काेराेना जितेर घर फर्कदै नारायणी अस्पतालका ९ जना संक्रमित

अाराेहण शाह, वीरगंज

आज वीरगंजको नारायणी अस्पतालको आइसोलेसनमा उपचारत ९ जना कोरोना संक्रमित काेराेनालाई जितेर घरजाने भएका छन् । अस्पतालबाट डिस्चार्ज हुनेमा पर्सा र रौतहटका ३ जना, बाराका २ जना, एक जना भारतिय नागरिक रहेको नारायणी अस्पतालका मे.सु डा मदन कुमार उपाध्यायले जानकारी दिनुभयो ।

मे.सु डा. उपाध्यायका अनुसार पर्साको वीरगंज महानगरपालिका वडा नं. २,३, १६ का क्रमश ३०, ५०, ५१ बर्षका पुरुष, बाराको सिम्रौनगढ ४ का ३१ बर्षिय पुरुष, जितपुर सिमरा १ का ४३ बर्षिय पुरुष, रौतहट गुजरा नगरपालिका ५ का ३५ बर्षिय पुरुष, इशनाथ नगरपालिकाका १९ बर्षिय पुरुष, बृन्दावन नगरपालिकाका २४ बर्षिय पुरुष र एक ४२ बर्षिय भारतिय पुरुष रहेका छन् ।

नारायणी अस्पतालको आइसोलेसनमा उपचारत ७१ जना मध्ये ९ जनाको लगातार २ पटकको पिसिआर रिपोर्ट नगेटिभ आए पछि डिस्चार्ज गरिएको मे.सु डा उपाध्यायले जानकारी दिनुभयो ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

लकडाउनले माछा व्यवसाय मारमा

Read Next

वीरगंजकाे कोरोना संक्रमित २ पत्रकारको पहिलो पिसिआर रिपोर्ट नेगेटिभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *