Breaking News :

अर्काको जागीर खाने भन्दा पनि आफुले केही गर्ने मानसिकता अब नेपाली युवामा हुनुपर्दछ

यतिबेला कोरोना भाइरस कोभिड -१९ ले गर्दा विश्व निकै आक्रान्त भइरहेको छ । त्यस मध्य नेपाल पनि यसकाे संक्रमण बाट अछुतो रहन सकेन । यतिबेला लाखौको रोजगार प्रभावित बनिरहेको अवस्था छ भने लाखौको रोजिरोटी गुमेको अवस्था छ । लाखौ युवा यतिबेला वैदेशिक रोजगारीमा रहेका छन ती सबै युवाहरु नेपाल फर्कने अवस्थामा रहेका छैनन् । सरकारले यस विषयमा ध्यान दिन जरुरी छ । सबै युवाहरुको ज्ञान सीप दक्षता अनुसार रोजगारी दिन सक्नुनै आजको आवश्यकता हो । आजको नेपालकाे आर्थिक विकासको एउटा खम्बा भनेको उद्यमशीलता नै हो । अब हरेक युवा उद्यमि बन्न्नु पर्दछ र सरकारले पनि सक्दो सहयोग गर्नुपर्दछ । अर्काको जागीर खाने भन्दा पनि आफुले केही गर्ने मानसिकता अब नेपाली युवामा हुनुपर्दछ । आफ्नो ज्ञान सीप दक्षता जोस जागर यहि धर्तिमा खन्याउनु पर्दछ। उद्यमि बन्न चाहने युवाले हरेक कुरा ध्यान दिएर अगाडी बढ्नुपर्ने देखिन्छ र प्रदेश सरकार र स्थानिय सरकारले पनि यस विषयमा ध्यान केन्द्रित गर्न जरुरी छ । आज बिश्व अर्थतन्त्र धोस्त भएको बेला र नेपालको पनि आर्थिक अवस्था धरासायी बनेको अवस्थामा अब यहि विन्दुबाट सुरु गरियो भने केही न केही परिणाम देखिन्छ । यस कार्यक्रमको लागि विभिन्न निकायको पनि कामकारबाही देखिन्छ चाहे राष्ट्रिय युवा परिषद होस या युवा मन्त्रीलाई होस या अरु अब यस विषयमा सबैले ध्यान दिनुपर्दछ र मैले यति वर्ष युद्द गरे मैले यो पद पाउनुपर्छ भन्ने मानसिकताबाट अगाडी बढियो भने देश पुन पुरानै शैलीमा फर्कन्छ र अगाडी बढ्न सक्दैन । अब युवाको सीप ज्ञान दक्षताको आधारमा अगाडि बढाइनुपर्दछ ।

कसरी बनाउने युवा उद्धमी

१) पुजिको व्ययवस्थापन = हरेक युवालाइ व्यवसाय सुरुगर्दा  बीउ पुजिको ब्यबस्था गरिनुपर्दछ । त्यो पनि नसके सरल ऋणको ब्यबस्था गर्नुपर्दछ । हाम्रो घर गाउमा चलेको चलन थियो बाख्रा दिने त्यसबाट जन्मेको एउटा पाठा वा पाठी चाहिँ फिर्ता दिनुपर्ने त्यस अनुसार कार्यक्रम ल्याइनुपर्दछ । अनुदानको हकमा कि सिदै प्रत्यक्ष सम्बन्धित निकायकोमा पुग्नु पर्दछ जस्तै सामाजिक सुरक्षा भत्ता जस्तै हैन भने अनुदान पुरै बन्द गरिनुपर्दछ । भन्नुको तात्पर्य ब्यबसाय गरिसकेपछि उसको नाफाबाट कमायको पहिलाको पुजि फिर्ता गरिनुपर्दछ । आजको नेपालको उद्यमशीलताको समस्या भनेको पुजिको हैन सोचको कमि हो । अब हरेक स्थानिय तहले काेेष तयार गरि हरेक वडामा १० -२० जनालाइ पुग्ने गरि उद्यम गर्ने  व्यक्तिलाई पुजिको व्यवस्थापन गर्नुपर्दछ । सोचको कमि नगरौ स्रोत आफै छ ।

२) अाइडिया बैंक स्थापना = अब सरकारले युवाा उद्यमशीलताको लागि अाइडिया बैंक को स्थापना गर्नुपर्दछ र त्यसलाइ व्यवहारिक रुपमा लागु गर्नुपर्दछ । देशको हरेक कुनाकुुनामा नया सोचलाई ल्याइ बैंक स्थापना गरि त्यसलाइ आवश्यकता पुजि र जनशक्ति स्थापना गरिनुपर्दछ ।

३) ब्यबसाय र जग्गाको वर्गीकरण = उद्यमशीलताको लागी ब्यबसायको र ठाउको वर्गीकरण हुन जरुरी छ । जस्तै उद्योगमा सम्भावना भएका ठाउमा उद्योग संचालन र स्थापना गरिनुपर्दछ । जस्तै हेटौंडालाई औद्योगिक छेत्र बनाइएको छ । बागमती प्रदेश फलाम खानीको सम्भावना छ । सिमेन्ट उत्पादनको लागि चुनढुङा पनि यहि छ । जडिबुटी जल्लस्रोत गिट्टी बालुवा पनि यहि छ । काभ्रे धादिङ र मकवानपुरको तरकारी बाहिर पठाउन सकिन्छ।

काठमाडौ, भक्तपुर, चितवन, काभ्रे, पोखरा, सिन्धुलि लगायत केही जिल्लाहरु पर्यटकिय हिसाबले उच्च छ। यसलाइ कानुननै बनाएर दुरगामी प्रभाव पार्ने काम गरिनुपर्दछ ।

४) जनशक्ति निर्माण = उद्यमशिलता लाई अगाडि बढाउनुको निम्ति दक्ष जनशक्ति आबश्यक पर्दछ । हामी सग विभिन्न कलेज बिश्वबिद्धालयमा लाखौ विद्यार्थी उत्पादन गर्छौ र बिदेश पलायन गर्छौ । अब हरेक लाई यहि लगाइनुपर्दछ । उद्यमि र सीप बिकाशका ढाचा हेर्दा हाम्रा अभ्यासहरु हेर्दा पुरानै छन । हामी सग विभिन्न खानी जडिबुटी पर्याप्त छ त्यस्लाइ परिस्कृृत गरेर निर्यात गर्ने जनशक्ति हामी सग छैन । अब प्राविधिक उत्पादन गरेर आफनै देशमा लगाइ आर्थिक उपजको निम्ति खटाइनुपर्दछ । अब बिदेशबाट फर्किएका युबाको सीप ज्ञान दक्षताकाे वर्गीकरण गरि उनिहरुलाइ यहि व्यवसायमा लगाइनुपर्दछ । हामिसग हरेक वैदेशिक युबाको सीप तालिमको आधिकारिक सुचना र प्रणाली अझ बिकाश गरेनौ । अब यस विषयमा ध्यान दिन जरुरी छ ।

५) प्रशासनिक सुधार = जब उद्यमशीलताको लागि युबा प्रशासनभित्र प्रवेश गर्छ त्यस निवेदन प्रक्रिया देखीनै उ ढिला सुस्तीको सिकार बन्छ । उ त्यस बेला देखिनै कमिसनको सिकार बन्छ । उसले आफू सग भएको घर खेत झिटी झाम्टा सबै बेच्नुपर्ने हुन्छ । जबसम्म यस प्रक्रिया सुध्रिदैन तबसम्म युवा उद्यमशीलता विकास सम्भव छैन । उसले पाउनु पर्ने सेवा सुविधा आवश्यक कागजात प्रक्रियामा ढिलासुस्ती हुने काम नगरिदिने र मानसिक पीडा उसमा पर्दछ । प्रशासनिक सुधारको खाचो धेरै छ त्यस कारण यो विषयमा कसरी प्रशासनिक तहलाई जिम्मेवार बनाउन गम्भीर हुन जरुरी छ ।

६) खाेेज र अनुुुसन्धान= आजको देशको मुख्य आवश्यकता भनेकै खोज र अनुसन्धान हो । जबसम्म खाेेज र अनुुुसन्धानमा लगानी गरिदैन तबसम्म्न उद्यमशीलता कठिन छ । हामीकहाँ ठुलो समस्या भनेकै कुनै नया काममा वा ठाउमा लगानी गर्न पर्यो भने त्यसको गहिरो रुपमा अनुसन्धान हुने गरेकैछैन । जसले गर्दा प्रतिफल आउन कठिन भइराखेको छ । नया सोच नया प्रबिधी नया सीप नया तरिका आइ सकेको हुन्छ हामी उहीँ पुरानै तरिका अपनाइरहेको हुन्छौ । त्यसकारण सम्बन्धित निकाय यस विषयमा चनाखो हुन जरुरी छ ।

 

लेखक-नेकपा चितवनका युवानेता निर्देशन त्रिपाठी हुन्

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

आज भेटिएका काेराेना संक्रमीत हिजो भेटिएका कोरोना संक्रमित दम्पतीको छोरा

Read Next

लकडाउनले माछा व्यवसाय मारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *