Breaking News :

नेपालले नयाँ नक्सा अनुमोदन गरे सगै भारतीय मिडियामा हलचल

नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरे सगै भारतीय मिडियामा एककिसिमकाे हलचल मचिएकाे छ। चिनकाे इसारामा नेपाललेे यस्तो गरेकाे भन्ने देखि लिएर बलिउडमा लामो समय काम गरेकी अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडियाहरु खनिएका छन् ।

 

नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीहरुको आक्रोश पाेखेका छन्। भने मनिषाले ट्विट गर्नुमा पनि चिनलाई दाेष दिएका छन्।

नेपाली मूलककी बलिउड नायिका मनिषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाको यही ट्विट भारतीय मिडियालाई असैह्य भएको छ । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ ।

‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ ।

नेपाललाई चिनकाे गुलामी भयाे भनेेर भारतीय मिडियाले अाराेप लगाएकाे छ। भने जि न्युज टेलिभिजनले नेपालले भारतकाे भुमि कब्जा गर्याे भनेर अाराेप लगाएकाे छ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

नेपालको मिचिएकाे भुमि सहितको नयाँ नक्सा सार्वजनिक

Read Next

भारतको हेपाहा प्रवृती विरुद्ध नेपाली जनता एक हुदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *