अष्ट्रेलियामा युवतीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा नेपालीविरुद्ध मुद्दा

एजेन्सी- अष्ट्रेलियाको सिड्नीमा युवतीमाथि यौनजन्य दुर्व्यवहारको आरोप लागेका नेपालीले मुद्दा खेपिरहेका छन् । उनी शुक्रबार अदालतमा पुनः उपस्थित भएका छन् ।

गत चैत ५ गते १८ वर्षे एक युवती जागिरका लागि अन्तर्वार्ता दिन अलावाह रेलवे स्टेशनबाट अलावाह तर्फ यात्रा गर्दै थिइन् ।

एनएस डब्ल्यू डट जिओभी डट एयूका अनुसार त्यति नै बेला उनले ती नेपाली युवकलाई भेटिन् र उनले नजिकैको बसमार्फत् यात्रा गर्न सुझाउँदै गर्दा उनीमाथि यौनजन्य दुर्व्यवहार गरेका थिए ।

स्रोतका अनुसार उनी केही गरी त्यहाँबाट अलवाह रेलवे स्टेशनतर्फ  भाग्न सफल भइन् र पुलिसलाई यसबारे जानकारी दिइन् ।

पुलिस ट्रान्सपोर्ट एण्ड सेफ्टी कमान्डका अधिकारीले तत्काल अनुसन्धान सुरु गरे ।

त्यसपछि पुलिसले २५ वर्षका ती आरोपीलाई वैशाख १२ गते शुक्रबार स्थानीय समयानुसार साढे २ बजे हर्स्टभिलबाट पक्राउ गर्यो ।

उनलाई कोगारा पुलिस स्टेशन पुर्याइयो र यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा दर्ता गरियो ।

पुलिसका अनुसार ती व्यक्तिले सोसल मिडियामा नक्कली अकाउन्ट बनाएर महिलालाई जागिरको प्रलोभन देखाएर भेट्ने गर्दथे ।

उनलाई पारामाटा लोकल कोर्टमा वैशाख १३ गते पहिलोपटक उपस्थित गराइएको थियो । उनलाई जमानतमा रिहा हुन अनुमती दिइएको छैन । दोस्रो पटक उनी आज अर्थात् शुक्रबार अदालतमा उपस्थित भएका छन् ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

लकडाउनमा थन्क्याएकाे सवारीसाधनकाे इञ्जिन लक हुने सम्भावना, हप्तामा एकपटक स्टार्ट गरेर राख्न सुझाव

Read Next

पहिले नेगेटिभ, पुनःपरीक्षण गर्दा पोजेटिभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *