Breaking News :

घर पठाउन माग गर्दै भारतको सुरतमा हजाराैँ मजदूर सडकमा, प्रहरीद्वारा लाठी चार्ज

एजेन्सी– भारतमा गुजरात राज्यको सुरत जिल्लामा आफ्नो गाउँ फर्कन पाउनु पर्ने मागसहित हजाराैँ मजदूरहरु सडकमा उत्रिएका छन्।

लकडाउनको उल्लंघन गर्दै सडकमा उत्रिएका मजदूर र प्रहरीबीच झडप भएको छ। ठूलो संख्यामा सडकमा निस्किएका मजदूरहरुले लकडाउनका कारण आफूहरु समस्यामा परेको भन्दै घर जान पाउनु पर्ने माग गरेका छन्।

सुरतमा यसअघि पनि मुजदूरहरुले विरोध प्रदर्शन गरेका थिए। सुरतको वरेली क्षेत्रमा उनीहरु जम्मा भएका हुन्।

उनीहरुलाई नियन्त्रणमा लिनका लागि प्रहरी लाठीचार्ज गर्नुका साथै अश्रु ग्याससमेत प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गृह मन्त्रालयको अनुमति पश्चात सुरतबाट मध्यप्रदेश, राजस्थान र ओडिशा राज्यका मजदूरलाई शुक्रबार घर पठाइएको थियो। तर अन्य केही राज्यका व्यक्तिहरुले केहीदिन प्रतिक्षा गर्नु पर्नेछ।

कोरोना भाइरसको जोखिम कम गर्न भारतमा गत मार्च २५ देखि लकडाउन जारी छ। लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदूरहरु समस्यामा परेका थिए।

याे समाचार देशसञ्चारबाट साभार गरिएको हाे।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

पहिराेे अपडेट; अवरुद्ध राजमार्ग सुचारु

Read Next

ढुङ्गा पकाएर बच्चा फकाउन खोज्ने आमाले पाइन् आर्थिक सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *