Breaking News :

चितवनका मस्जिदमा पाकिस्तानी र भारतीय मुस्लिम लुकेको खुलासा, प्रहरीको गाडीमा हालेर ५४ मुस्लिमलाई लगियो शरणपुर

प्रकाश सिग्देल-

चितवनको विभिन्न मद्रासा र मस्जिदमा लुकेर बसेका मुस्लिम धर्मावलम्बिहरुलाई चितवन प्रशासनले क्वारेन्टाईनमा राखेको छ ।

भरतपुर महानगर-१६ शरणपुर झनझनेमा रहेको जामिया सैयद अबुल हसन अली मद्रासामा क्वारन्टाईनमा राख्ने गरी ५४ जना लाई चितवन प्रहरीको गाडीमा राखि सो स्थानमा पुर्याईएको छ  ।

भरतपुर महानगर २ र ३, माडी नगरपालिका र पुर्वी चितवनका मस्जिदमा रहेका पाकिस्तानी, भारतिय र नेपाली मुस्लिमहरुलाई  क्वारेन्टाईनमा राख्नका लागि लगिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनु भयो ।

उनिहलाई बाहिर हिड्न नपाउने गरी खानपान र सुरक्षाको व्यवस्थासहित त्यहा पुरा क्वारेन्टाईन अवधिभर राखिने शर्माको भनाई छ । उनिहरु मध्ये केहीको कोरोना परिक्षण नेगेटिभ आएको र केहीको हुँदै गरेको शर्मा बताउनु हुन्छ । मस्जिदमा लुकेर बसेकाहरुबाट संक्रमणको जोखिम हुनेभएकाले उनिहरुलाई पहिचान गरी नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राख्न लागिएको प्रशासनको भनाई छ ।

merokhabarsathi

Read Previous

उदयपुरका एकजनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Read Next

काेराेना संक्रमित संख्या ४० पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *