चन्द्र प्रकाश उपाध्याय, चितवन-
जुम्लाकी एक युवतिको चितवनको भरतपुरमा रहेकोे सरकारी अस्पतालमा हिजाे आइतबार मुत्यु भएको छ।
जुम्ला सिंजा कनका सुन्दरी गाउँपालिका-४ हाट सिंजाकी १८ बर्षकि युवती स्रुजना उपाध्यायको आइतबार बिहान करिब ६ बजेतिर भरतपुर अस्पतालमा मृत्यु भएको हो। सामान्य ज्वराे अाएपछि र श्वास फेर्न गाह्रो भएपछि बैशाख 3 गते एम्बुलेन्समा हालेर भरतपुर अस्पतालमा लगिएको र अक्सिजन बिना श्वास फेर्न नसक्ने भएकोले भोलिपल्टै आइसियुमा लगिएको थियोे। जरोले गर्दा निमोनिया भएको र शरीर भरी नै इनफेक्स फैलिएको कारणले उनकाेे मुत्यु भएको डा.विवेक सापकोटाले जानकारी दिए। उनले भने यो सामान्य रोग हो धेरै पुरानो भएकोले र समयमा उपचार भए छिटो निको हुने थियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीका अनुसार उनको निमोनियाको कारण मृत्यु भएको हो।
निमोनियाले गर्दा शरीरका अन्य भागलाई पनि असर गरेको र औषधि चलाउदा पनि काम नगरेकाेले उनले बताए। निमोनिया बिग्रेको कारण ज्यान गएको तिवारीले जानकारी दिए।