Breaking News :

पञ्जाबमा कर्फ्यू पास माग्दा प्रहरीमाथि आक्रमण

एजेन्सी– भारतमा पञ्जाब राज्यको पटियाला जिल्लास्थित सनौरमा ‘सब्जी मण्डी’ बाहिर केही व्यक्तिहरुले प्रहरीमाथि हमला गरेका छन्।

आइतबार बिहान भएको उक्त आक्रमणबाट एक जना प्रहरी गम्भीर घाइते भएका छन्। आक्रमणकारीहरुले प्रहरीमाथि तरवार प्रहार गर्दा एक प्रहरीको हात काटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घाइते प्रहरीलाई उपचारको लागि चण्डीगढ पठाइएको छ। अन्य केही घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ।

प्रहरीले कर्फ्यूको समयमा बाहिर निस्किएका उनीहरुसँग पास  माग्दा प्रहरीमाथि नै हमला भएको बताइएको छ। प्रहरीले हमला गर्ने ९ जनालाई गरफ्तार गरेको जनाएको छ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

५२ देशका २२ हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित

Read Next

काेराेनाकाे थप दुई संक्रमित फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *