Breaking News :

क्लार्कको उत्कृष्ट सात ब्याट्सम्यानको सूचीमा परेनन् स्मिथ

चैत २९, २०७६ एजेन्सी : अस्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान माइकल क्लार्कले विश्‍वका सात महान ब्याट्सम्यानको सूची तयार गरेका छन्। उनले सात महान ब्याट्सम्यानको सूचीमा आफ्नो समयमा खेलेका दुई भारतीय खेलाडी पनि सहभागी छन्।

क्लार्कले सार्वजानिक गरेको सूचीमा भारतका सचिन तेन्दुलकर र वर्तमान कप्तान विराट कोहलीलाई सहभागी गराएका छन्। तर उनले अहिले टेस्ट बरियतामा नम्बर एक खेलाडीका रुपमा रहेको स्टिव स्मिथलाई भने सामेल गरेका छैनन्।

त्यस्तै क्लार्कले सार्वजानिक गरेको अन्य महान पाँच ब्याट्सम्यानमा ब्रायन लारा, रिकी पोन्टिङ, कुमारा सांगाकारा, ज्याक कालिस र एबी डिभिलियर्स रहेका छन्। क्लार्कले सचिनको तारिफ गर्दै उनी निकै सफल ब्याट्सम्यान भएको बताए। उनले सचिनलाई आउट गर्न निकै मुस्किल काम भएको भन्दै उनको कुनै पनि कमजोरी नरहेको दाबी गरे।

२०१५ मा विश्वकप जिताएका क्लार्कले भारतीय टिमका वर्तमान कप्तान विराट कोहली अहिले तीन फर्म्याट्मा उत्कृष्ट रहेको र सोही अनुसार उनी महान  ब्याट्स म्यानको सूचीमा परेको स्पष्ट पारेका छन्। उनले अन्य लेजेन्ड खेलाडीहरूको क्रिकेटमा रहेको योगदान अविष्मरणीय रहेको पनि बताए।

merokhabarsathi

Read Previous

राहतका नाममा कुहिएको चामल र किरा परेको सोयाबिन नगरपालिकालाई नै फिर्ता

Read Next

वीरगञ्जमा रहेका तीन जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *