चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा आज (सोमबार) दिउँसो गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको बेलसार मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२२ बोटे टोलमा बस्ने ४० वर्षीय पूर्णबहादुर कुमालको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । कुमाल निउरो साग टिप्न वन गएका थिए ।

चितवनमा वर्षेनी गैंडाको आक्रमणबाट स्थानीयले ज्यान गुमाउने गरेका छन् ।चितवनमा वर्षेनी गैंडाको आक्रमणबाट स्थानीयले ज्यान गुमाउने गरेका छन् ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

लकडाउन पछि पशुपतिमा शव घट्न थाले

Read Next

फेरि लकडाउनको अवधि थपियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *