मन्त्रिपरिषद् बैठक बोलाइयो, लकडाउनको समय लम्ब्याउने तयारी

सरकारले लकडाउनको समय फेरि थप्ने तयारी गरेको छ । दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएको तथा अझै पनि कोरोना फैलने सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो ।

स्रोतका अनुसार आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको  बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो । सो बैठकमा लकडाउनको समयावधि अब एक साता थप्नुपर्ने विषयमा कुराकानी भएको थियो ।

आज यसबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

काेराेना परीक्षणको दायरा बढाउँदै भरतपुर, १ दिनमा ९ सय नमुना परीक्षण गर्न सकिने

Read Next

लकडाउन पछि पशुपतिमा शव घट्न थाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *