प्रधानमन्त्री केपी ओलीलाई खुल्लापत्र !

सम्माननिय प्रधानमन्त्री ज्यु अबिभादन नमस्कार हजुर आरमै हुनुहुन्छ होला मलाई पनि आरामै छ। तर पक्कै पनि देशलाई र जनतालाई भने आराम नभएको महसुस गरिरहेको छु।

विश्व महामारीको रूपमा आइरहेको कोभिड- १९ कोरोना भाइरसले गर्दा एतिबेला विश्वनै आतंककित भैरहेको अवस्थामा नेपाल पनि अछुतो हुने कुरै भएन आर्को कुरा तपाईंको स्वास्थ कमजोर छ विशेष ध्यान पुर्याउनु होला प्रधानमन्त्री ज्यु। एतिबेला देश कोरोना भाइरसले पिरोलिएको अबस्थामा नेकपाको दुतिहाइ सरकार छ पक्कै पनि दुतिहाइको सरकार सग जनताको अपेक्षा धेरै नै हुन्छ । एतिबेला देश ठप्पको स्थिति छ । कतिबेला कतिखेर लकडाउन खुल्ने हो अत्तोपत्तो छैन। देश रोइरहेको बेलामा दुइतिहाइ नेकपाको सरकारका मन्त्रीहरु भने श्रृृखलाबद्द भ्रस्टाचार सग जोडिनुले कतै प्रधानमन्त्री ज्युको सुखी नेपाली समृद्ध नेपाल तुइने त होइन भन्ने चिन्ता लाग्न थालेको छ । पछिल्लो सुन्ने गरेको छु सल्लाहकारहरुले ज्यु लाई गुम्राहामा राख्ने र गलत ब्रीफिङ गर्ने भन्ने कुरा सुनेको छु यो कुराले के प्रमाणित गर्छ भने उबेलामा बुडा पाका हरुले भन्ने गर्ने उखान ” राजा त ठिकै हो तर सल्लाहकार चाहिँ ” भन्ने कुराको फेरि एकपटक प्रमाणित गरेको छ । सम्म्माननिय प्रधानमन्त्री ज्यु अहिले रहनु भएका सम्पुर्ण सचिबालयमा रहनुभएका सदस्यहरु खारेज गर्नुस नँँया र योग्य व्यक्ति छानी छानी ल्याउनुस । जब सम्मन योग्य व्यक्ति सबैलाइ मिलाएर लैजानुहुन्न तबसम्मन सुखी नेपाली समृद्ध नेपाली आकाशको फल अँखा तरि मर शिवाए केही हुने छैन ।

खालि आफ्नो गुट र टिम मात्र नहेर्नुस सम्मानिय प्रधानमन्त्री ज्यु । हजुरलाई अहिले आक्रान्त पारेकै टिम गुट र छोराछोरी नाति नातिनिहरुले हो चाहे त्यो सचिबालयमा होस वा मन्त्री मण्डल होस वा प्रदेशमा । सबै खारेज गर्नुस प्रधानमन्त्री ज्यु योग्य र सक्षम युबा नेता अनुभवीनेता हरु धेरै हुनुहुन्छ उहाहरुलाइ ल्याउनुहोस । अहिलेका तपाईंका सबै सचिबालयका सबै सदस्यहरु मन्त्री ज्यु हरु कुनै न कुनै भ्रस्टाचारमा जोडिएका छन चाहे निबर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा भन्नुस चाहे स्वास्थ्यमन्त्री भानु भक्त ढकाल भन्नुस । ७० करोड कान्ड राजीनामा गरिसक्नु भैसकेको छ । अहिले बहुचर्चित स्वास्थ सामग्री खरिद प्रकरणमा हजुरको सचिबालय सदस्यहरु तिनका छोरा र मन्त्रीज्यु हरुका नाम जोडिएर आएका छन एस बारेमा तपाईंले आम नेपाली जनतासामु जवाफ दिनै पर्ने हुन्छ हैन भने सम्म्मानिय प्रधानमन्त्री ज्यु हजुरलाई इतिहासले धिक्कार्ने छ र प्रमाणिात गर्नै पर्ने हुन्छ भ्रस्टाचार भाको छैन भनेर । नेकपामा धेरै योग्य ब्यक्ति युबाहरु नेताहरु छ जस्ले यो भन्दा अगाडि विभिन्न मन्त्रालय चलाएर बसेका पाका अनुभवहरु छन उहाँहरुलाई जिम्मेवारि किन दिनुहुन्न यो जवाफ नेपालि जनतामाझ दिनै पर्ने हुन्छ । गुट नमिलेर नदिनुभाको कि आफ्नो टिम नमिलेर । सचिबालय पनि तपाईंकै टिमको गुटको हुनुपर्ने सबै मन्त्री तपाईंकै गुटको टिमको हुनुपर्ने हरेक प्रदेशका मुख्यमन्त्री प्रदेशका मन्त्री पनि तपाईंकै गुटको हुनुपर्ने । खेलकुदको निकाएमा पनि तपाईंकै गुट्को हुनुपर्ने । अरु ब्यक्तिले जिम्मेवारी कहिले पाउने सम्मानिय प्रधानमन्त्री ज्यु ।

यस विषयमा प्रधानमन्त्री ज्यु विशेष चनाखो र गम्भीर हुनुपर्ने बेला आएको छ । हामी युबा साथमा साथ दिन तयार छौ । यस्तो मानब जाती संकटको बेलामा पनि भ्रष्टाचारमा लिप्तहुने मन्त्रीज्युहरुलाइ केही पनि कारबाही गर्न सक्नुहुन्न प्रधानमन्त्री ज्यु आजै बर्खास्त गर्नुस खुब नैतिकताको कुरा गर्छ्न कहाँ आयो नैतिकता सरकार र नेकपा जनताको पक्षमा छ भन्ने कुराको प्रमाणिात गर्नुस सम्मानिय प्रधानमन्त्री ज्यु । हजुरका धेरै छोराछोरी नातिनातिना चाहे त्यो केन्द्रमा होस या प्रदेशमा हजुरलाई गुम्राहामा राखिरहेकाछन छिट्टै नै त्यो जालो तोड्न सफल हुनुहोस प्रधानमन्त्री ज्यु । हामी सबै मिलेर हजुरलाई साथमा साथ दिन तयार छौ । आजको महान संकट सबै मिलेर टारौ सामना गरौ लक डाउनको सबै जनताले पालना गरौ ।

-नेकपा चितवनका युवानेता निर्देशन त्रिपाठी 

 

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

कोरोना भारइस संक्रमण भएका थप तीनजना बिरामी फेला

Read Next

काेराेना परीक्षणको दायरा बढाउँदै भरतपुर, १ दिनमा ९ सय नमुना परीक्षण गर्न सकिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *