Breaking News :

चितवनबाट कोरोना परीक्षणका लागि पठाइएका तीन जनाको रिपोर्ट नेगेटिभ

भरतपुर कोरोना विशेष अस्थाई अस्पतालबाट आईतबार कोराना भाईरस परीक्षणका लागि केन्द्रिय प्रयोगशलामा पठाईएका तीनै जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाईरसको आशंकामा भर्ना भएका रमेश परियार, दिनेश अधिकारी र अर्जुन सापकोटाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो । भरतपुर अस्पतालबाट १० जनाको कोरानाको स्वाब परीक्षणका लागि केन्द्रिय प्रयोगशाला टेकुमा पठाईएको थियो ।

उनिहरुको रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार कोरोना विशेष अस्पतालको ओपिडीमा हाल २८ जनाले सेवा लिइररहेका छन्। यस संगै भरतपुर कोरोना विशेष अस्पतालबाट अहिलेसम्म २२६ जनाले सेवा लिएका छन् ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

लकडाउन बढेपछी कृषक चिन्तित, रोगले होइन भोकले मरिन्छ जस्तो छ

Read Next

नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित

Leave a Reply

Your email address will not be published. Required fields are marked *