प्रतिनिधिसभाको अर्काे बैठक चैत २३ गते

काठमाडौँ, १२ चैत (रासस) ः प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण चैत २३ गतेका लागि निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको छ । सोही कारण बैठक बस्न नसक्ने भएकाले सभामुखले अर्काे बैठक चैत २३ गते बस्नेगरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा उल्लेख छ ।

merokhabarsathi

Read Previous

टोलटोलमा अत्यावश्यक वस्तु पु¥याउने तयारीमा छौँ – आपूर्तिमन्त्री भट्ट

Read Next

अतिआवश्यक परे मात्र इजलास बस्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *