भरतपुरको कोरोना अस्पतालमा मृत्यु भएका बिरामीलाई लुपस रोग

भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएका बिरामीलाई लुपस रोग भएको अस्पतालले जनाएको छ ।

वीरगञ्ज–२२, जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादव लामो समयदेखि लुपस रोगबाट पीडित रहेको र मृगौला कमजोर रहेको बिरामी भएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले लिखितरुपमा गराएको जानकारीमा उल्लेख छ । “पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भई चितवन मेडिकल कलेजबाट रिफर भई कोभिड १९ को आशंकामा आउनुभएको थियो”, अधिकारीले जारी गरेको जानकारीमा भनिएको छ, “चैत ९ गते राति १० बजे भर्ना भएका बिरामीको स्वाब १० गते नै काठमाडौं पठाइएको छ ।”

उनलाई हिजो १० गते दिउँसोबाट श्वासप्रश्वासमा गम्भीर समस्या आएपछि आईसीयूमा राखिएको थियो । समस्या बढ्दै गएपछि आज बिहान ९ः३० बजे यादवको मृत्यु भएको डा. अधिकारीले जानकारी दिए । स्वाबको रिपोर्ट नआएसम्म उनमा कोरोना थियो कि थिएन भन्न नसकिने अस्पतालले जनाएको छ ।

merokhabarsathi

Read Previous

भरतपुर आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

Read Next

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *