लकडाउन उल्लङघन गर्दै सडकमा निस्कने १० जना चितवन प्रहरीकाे नियन्त्रणमा

फाइल फोटो

सरकारले आजदेखि जारी गरेको नेपाल लकडाउन उल्लङघन गर्दै सडकमा निस्कने १० जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनका विभिन्न क्षेत्रबाट उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख नान्तिराज गुरुङले जानकारी दिए । उनले सरकारको निर्देशन अबज्ञा गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिएका छन् ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आज बिहानदेखि देशभर लक डाउन गरेको हो । तर चोक–चोकमा मानिस निस्कन भने छाडेका छैनन् ।

उनीहरुलाई प्रहरीले सम्झाउदा पनि प्रहरीको आँँखा  छलेर सडकमा निस्कन्छन्। र प्रहरी देख्नासाथ उनीहरु भाग्छन् ।

merokhabarsathi

Read Previous

गैडाकोटका मेयरले कोरोनाको संक्रमण बिरुद्ध लड्न आफु चढ्दै आएको गाडी प्रहरीलाई दिए

Read Next

भरतपुर आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *