गैडाकोटका मेयरले कोरोनाको संक्रमण बिरुद्ध लड्न आफु चढ्दै आएको गाडी प्रहरीलाई दिए

गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले कोरोनाको संक्रमण बिरुद्ध लड्न आफुले चढ्दै आएको गाडी केही समयका लागि प्रहरीलाई दिएका छन् ।

उनले आफु चढ्दै आएको बा २ झ ३४०४ नम्वरको गाडी प्रहरीलाई दिएका हुन् । उनले प्रहरीसंग स्रोत साधनको अभाव रहेकाले कोरोना बिरुद्ध लड्न अाफुले प्रयोग गर्दै आएको सवारीसाधन दिएको बताएका छन्।

गैडाकोट नगरपालिका भित्रका नागरिकलाई यो समयमा घर बाहिर ननिस्कन उनले अपिल समेत गरेका छन् । उनले गैडाकोट नगरभित्र यदि कसैलाई कोरोनाको संक्रमण भेटिए नगरपालिकाले उपचारको व्यवस्था गर्ने बताए ।

merokhabarsathi

Read Previous

सरकारले लकडाउनको घोषणा गरे पनि चितवनका जनताले टेरेनन्

Read Next

लकडाउन उल्लङघन गर्दै सडकमा निस्कने १० जना चितवन प्रहरीकाे नियन्त्रणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *