सरकारले लकडाउनको घोषणा गरे पनि चितवनका जनताले टेरेनन्

कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्न सरकारले आज (मंगलबार)देखि लकडाउनको घोषणा गरे पनि चितवनमा भने अझै पालना गरिएको देखिएको छैन।

मूख्य राजमार्गमा साना सवारी साधन अझै पनि चलिरहेका छन् । मानिसहरु पनि हिडडुल गर्न अझै रोकिएका छैनन् ।
यता प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने ‘हामीले घरभित्रमै बस्न सार्वजनिक अपिल गरेका छौं, जबरजस्ती गरे कडा कारवाही गर्छौं ।’ उनले अति आवश्यक कामका लागि पास जारी गरेको भन्दै अतिआवश्यक बाहेक हिड्दै नहिडड्न आग्रह गरेका छन्।

चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बजार क्षेत्रमा मानिस बाहिर निस्कन नदिन ३०० प्रहरी परिचालन गरिएको जानकारी दिए ।

merokhabarsathi

Read Previous

भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउन गरिने

Read Next

गैडाकोटका मेयरले कोरोनाको संक्रमण बिरुद्ध लड्न आफु चढ्दै आएको गाडी प्रहरीलाई दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *