प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुअघि फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठक त्यसयता बस्न सकेको थिएन मिर्गौला प्रत्यारोपण गरेर डिस्चार्ज भएपछि पहिलो पटक सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बस्न लागेको हो। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार अपरान्ह ४ बजे सरकारी निवास बालुवाटारमा बस्ने बैठक कोरोना भाइरस रोकथाम र नियन्त्रणमै केन्द्रित हुने भएको छ।

फागुन १८ को मन्त्रिपरिषद् बैठकले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलेको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो। त्यही समितिले अहिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामसम्बन्धी काम गरिरहेको छ। समितिकै निर्णयानुसार देश अहिले ‘सेमी लकडाउन’को अवस्थामा छ। आजको मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरस रोकथामबाहेक अन्य केही महत्वपूर्ण निर्णय पनि हुने स्रोतले जनाएको छ।

merokhabarsathi

Read Previous

कोरोना प्रभावः चितवन प्रशासनको सेवा आजदेखि बन्द

Read Next

उपत्यकामा ५००० क्षमताको क्वारेन्टाइन स्थल बनाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *