Breaking News :

अतिथिलाई मदिराले होइन चियाले स्वागत गर्न अनुरोध गर्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर

`हाम्रो देवघाट, समृद्ध देवघाट´ भन्ने मुल नारालाई आत्मसात गर्दै  देवघाट गाउँपालिका वडा नम्बर १ र ५ का भुजेल समुदायका करिब २०० सय जना भुजेलहरुलाई एकैदिन अल्पसंख्यक तथा पिछाडा वर्ग समन्वय समितिको अायोजना र देवघाट गाउँपालिकाको अार्थिक सहयोगमा मदिरा व्यवस्थापन सम्बन्धि सचेतना तालिम दिइएको छ।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग वहादुर थापाले जनजातिहरु पछि पर्नु र पिछाडिएका वर्गहरूको बिकास हुन नसक्नुको खास कारण नै मदिरा सेवन रहेको बताउदै यसले हाम्रो समय,पैसा र स्वास्थ्य समेत दिनप्रतिदिन बिगारी रहेको बताउनुभयाे। अबको दिनहरूमा परिवर्तन हुनुपर्ने र हरेक जनजातिहरुले आ-आफ्नो घरघरमा विहानको समयमा आफुले पनि चिया पिउने बानी बसाल्ने र आउने अतिथिहरुलाई पनि मदिराको ठाउँमा चियाले स्वागत गर्न उपस्थित भुजेल बस्तिका जनसमुदायलाई अनुरोध गर्दै थापाले देवघाट १ नम्बर वडा र ५ नम्बर वडाका करीब ८५ घरधुरी भुजेल बस्तिका भुजेलहरुलाई आधा किलो चिनी र १ सय ग्राम चियापत्ती वितरण समेत गर्नु भयाे।

कार्यक्रममा भुजेल समुदाय तनहुँ जिल्लाको जिल्ला सचीव पृथ्वी भुजेलले उपस्थित सम्पुर्ण महानुभावहरुलाई मदिरा सेवन गर्नले हाम्रो दैनिक जीवनमा के के कुराहरुमा असर परेको छ र मदिरा सेवन बाट टाढा रहदा हाम्रो दैनिकी जीवनलाई के के कुराहरुमा फाईदा पुग्छ भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा चेतना बालबिकास केन्द्रका करिब ३० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो। कार्यक्रममा मदिरा व्यवस्थापनको लागि सोम भुजेलको संयोजकत्वमा ७ सदस्यहरू कार्य समिति गठन समेत गरिएको छ । कार्यक्रममा कार्यपालिका देवघाट वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर गुरुङ, लिला गुरुङ लगाएतको उपस्थिती रहेको थियो।

merokhabarsathi

Read Previous

आत्महत्या दुरुत्साहन मुद्दामा रविसहित तीनै जनाले पाए सफाइ

Read Next

आज राति १२ बजेदेखि मौन अवधि शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram