Breaking News :

आत्महत्या दुरुत्साहन मुद्दामा रविसहित तीनै जनाले पाए सफाइ

आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले आज उनीहरू तीनै जनालाई सफाइ दिएको हो।

न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आज आइतबार सुनाएको हो।

यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा रिहा गरेको थियो। जिल्लाले विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनी आत्महत्याबारे कार्यक्रममा छलफल तथा बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बोल्न नपाउने भन्दै बन्देज लगाएको थियो।

लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो।

merokhabarsathi

Read Previous

कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा

Read Next

अतिथिलाई मदिराले होइन चियाले स्वागत गर्न अनुरोध गर्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram